दफा ७
विद्वत् समितिको गठन
(१) संस्थानमा धार्मिक, सामाजिक र शैक्षिक क्षेत्रमा ख्याति प्राप्त विद्वान तथा साधु सन्तहरू मध्येबाट नेपाल सरकारबाट मनोनीत एक जना सभापति सहित पाँचजना सदस्य रहेको एक विद्वत समिति रहनेछ ।
(२) संस्थानको अध्यक्षले तोकेको कर्मचारी विद्वत्समितिको सचिव हुनेछ ।
(३) संस्थानको अध्यक्षले विद्वत्समितिको बैठकमा भाग लिनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम मनोनीत सदस्यहरूको कार्यावधि चार बर्षको हुनेछ । कार्यावधि समाप्त भएपछि निजहरूलाई पुन मनोनीत गर्न सकिनेछ ।
तर नेपाल सरकारले उपयुक्त सम्झेमा निजहरूको कार्यावधि पूरा नहुँदै निजहरूको सट्टा अर्को व्यक्तिलाई मनोनीत गर्न सक्नेछ ।
(५) विद्वत् समितिका सदस्यहरूले सो समितिको बैठकमा भाग लिंदा तोकिए बमोजिमको पारिश्रमिक वा भत्ता पाउनेछन्।